साङ्केतिक तस्वीर
काठमाडौं — हिजो मङ्गलबार एकै दिने ७६ अङ्कमा वृद्धि भएको नेप्से बजार आज बुधबार एकल अङ्कले बढेको छ । नेप्सेमा सुधार भएपनि कारोवार रकम भने बढेर ३ अर्ब ६९ करोड १९ लाख ७३ हजार रुपैयाँ पुगेको छ । मङ्कलबार दोहोरो उच्च अङ्कले बढेको बजाारमा बुधबार नाफा बुक गर्न खोज्ने लगानीकर्ताले बिक्री चाप बढाउँदा नेप्सेमा तीव्र उतारचढाव आएको हुँदा कारोवार रकम पनि वृद्धि भएको छ ।

आज नेप्सेसँगै अन्य बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ७ दशमलव १३ अङ्कले गिरावट भएर २१७० दशमलमव २१ अङ्कमा बन्द भएको छ । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २८ लाख ६७ हजार रुपैयाँको कारोबार हुँदा अपि पावरको १० करोड २१ लाख ६७ हजार र ङ्यादी ग्रुप पावरको ८ करोड ९५ लाख १३ हजारको कारोबार भएको छ ।

बुधबार कारोबार भएकामध्ये तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ३ दशमलव ३२ प्रतिशतले वृद्धि हुँदा धौलागिरी लघुवित्तको ३ दशमलव ०८ प्रतिशत र राधि विद्युत कम्पनीको सेयरमूल्य २ दशमलव ५९ प्रतिशतले बढेको छ ।

आदर्श लघुवित्तको सेयरमूल्य ५ दशमलव १४ प्रतिशतले गिरावट हुँदा पोखरा फाइनान्सको सेयरमूल्य ४ दशमलव ९८ प्रतिशत र ग्रिन भेञ्चतर लिमिटेडेको सेयरमूल्य ३ दशमलव ८८ प्रतिशतले गिरावट भएको छ ।

बुधबार नेप्सेमा २१६ कम्पनीको सेयर कारोबार भएकोमा ६७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १४२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर छ ।