काठमाडौं – साताको चौथौ दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार १ सय रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर १ हजार ३ सय १५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।