काठमाडौं — नेपाल राष्ट्र बैंकले २४ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रूपैयाँ बराबरको रकम ३६६ दिनको अवधिका लागि (२०७९ साल फागुन ५ गतेदेखि २०८० साल फागुन ५ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको बैंकले जनाएको हो ।

बैंकले क वर्गका वाणिज्य बैंकहरूमा १९ करोड २० लाख रूपैयाँ, ख वर्गको विकास बैंकहरूमा ३ करोड ६० लाख रूपैयाँ र ग वर्गका वित्त कम्पनीहरूमा एक करोड २० लाख रूपैयाँ बराबरको रकम लगानी गर्न लागेको बताएको छ ।
बैंक तथा वित्तीय संस्थाले माघ २७ गते बिहान १० बजेदेखि राति ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नु पर्नेछ ।
बैंकले सार्वजनिक गरेको मुद्दती निक्षेपको विवरण ः

63e212f9da59c.jpg
63e2130032acd.jpg