फाइल तस्वीर
काठमाडौं — चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिनुभएको छ । बोर्डले सल्लाहकार समितिसँग कुनै पनि विषयमा छलफल र सल्लाह नगर्ने, समितिले दिएको सल्लाहलाई बेवास्ता गर्ने र कतिपय विवादित कार्य गर्दै आएकोले राजीनामा दिएको बताउनु भएको हो ।

समितिका अध्यक्ष खड्काले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै राजीनामाको जानकारी समेत दिएका छन् । अध्यक्ष खड्काले आफ्नो राजीनामा कोही कसैसँगको व्यक्तिगत मनमुटाब कारणले नभई कुनै पनि पदको लोभी छैन र सबैको हितमा काम गर्न क्रियाशील हुने व्यक्ति भनेर उदाहरण समेत पेस गरेको बताउनुभएको छ ।

329400136_512376737671939_4122141124957563600_n