झापा — झापाको मेचीनगर नगरपालिका ६ बाट हतियार (एयर गन) सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान सुसेन र २० वर्षीय बिटु सरकार रहेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान साढे ११ बजे चेकजाँचका क्रममा शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथबाट एयर गन २ थान, एयर पेस्तोल १ थान र एयर गनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद गरेको हो ।

उक्त हतियार र गोलीसहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।