फाइल तस्वीर
ढाका – बङ्गलादेशको ढाकामा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत लिगको आफ्नो अन्तिममा नेपाल र भारतबीच खेल हुँदैछ । चिरपरिचित प्रतिद्वन्द्वी यी दुई टिमबीचको खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।

दुवै टिमका लागि फाइनलमा स्थान बनाउन यो खेल महत्वपूर्ण छ । यो खेलमा भारतले बराबरी खेलेमा फाइनलको यात्रा तय गर्ने छ भने फाइनलमा स्थान बनाउन नेपालले भारतलाई हराउनै पर्ने छ ।

सार्क सदस्य राष्ट्रमध्ये चार देशको मात्रै सहभागिता रहेको यस च्याम्पियनसिपमा भारतले एक जित र एक बराबरीबाट ४ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ भने नेपाल ३ अङ्क सहित तेस्रो स्थानमा छ । आयोजक राष्ट्र बङ्गलादेश भने दोस्रो स्थानमा रहेको छ । भारत र बङ्गलादेशको समान अङ्क रहेता पनि गोल अन्तरका कारण बङ्गलादेश दोस्रो स्थानमा रहेको हो ।

एक हार र एक जित निकालेको नेपालको तीन अङ्क मात्रै छ । उद्घाटन खेलमा नेपा घरेलु टोली बङ्गलादेशसँग ३–१ ले पराजित भएको भएको थियो नेपालले दोस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।

तुलनात्मक रुपमा नेपालभन्दा भारत निकै बलियो प्रतिद्वन्द्वी हो । भारतलाई हराउन नेपालले ठूलै कसरत गर्नुपर्ने हुन्छ । भारतलाई हराउन त्यति सजिलो छैन । नेपालसँग पराजित भए भारत फाइनलमा पुग्नबाट बन्चित हुनेछ । त्यसैले उ जसरी पनि जितको खोजिमा मैदानमा उत्रने छ ।

नेपालका प्रशिक्षक यामबहादुर गुरुङले भारत बलियो टिम भएको तर नेपाली टिमको तयारी पनि राम्रो गरेको बताएका छन् । ‘हामी सबैलाई थाहा छ भारत बलियो टिम हो । तर, हामी खेलका लागि तयार भएर आएका छौं । यदि हामीले गोल गर्ने अवसर पाए हामी पक्कै गर्छौं,’ भारतीय फुटबल संघ एआईएएफसँग गुरुङले भनेका छन्, ‘भारत सधैँ उपाधि दाबेदारको रुपमा रहन्छ । विशेषगरी फिफा यू–१७ महिला विश्वक खेलेपछि राम्रो छ र हामी भारत विरुद्ध राम्रो प्रदर्शन गर्न तयार छौं’— नेपाली टिमका प्रशिक्षक गुरुङको भनाइ छ ।

भारतीय टिमका प्रशिक्षक मायमोल रकीले नेपालको विरुद्धको खेल जित्नमा केन्द्रित हुने बताउँदै ‘हामीले नेपाललाई हल्का रुपमा लिनु हुँदैन । नेपालले यसअघिका दुवै खेलमा राम्रो खेलेको थियो । हाम्रो लागि सहज छैन र हामी पूर्ण रुपमा बलियो हुनुपर्छ ।’ मायमोलले खेल जित्नका लागि गोल गर्नुपर्ने बताइन् र अट्याकिङ थर्डमा ध्यान दिन सके जित्ने विश्वास व्यक्त गरेका छन् ।

आयोजक राष्ट्र बङ्गलादेशी टिमले आफ्नो अन्तिम खेल भुटानसँग खेल्दै छ । यसका लागि भुटानसँगको खेल सहज रुपमा जित्न सक्ने देखिन्छ । बङ्लादेश विना दवाव मैदामा भुटानसँग भिड्ने छ । भुटानले यो खेल जितेपछि फाइनल खेलबाट बाहिरी सकेको छ । फाइनल खेलका लागि बङ्गलादेशी टिमलाई बराबरी खेले पनि पुग्नेछ ।

भारत र नेपालबीच हुने खेलमा जस्ले जिते पनि फाइनलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्ने निश्चित् छ । प्रतियोगिताको कमजोर मानिएको भुटानले आफ्ना दुई खेल गुमाउँदै अङ्कविहिन भएको छ ।