फाइल तस्वीर
काठमाडौं — सरकारी स्वामित्वमा रहेको नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो ।

देशकै लागि पेट्रोलियम पदार्थ आयात गर्ने एकलौटी अधिकार पाएको आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर रु.१७८। तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ तोकेको छ ।

निगमले वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । निगमद्वारा हिजो बेलुका जारी विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर रु.१७८। तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ तोकेको छ ।

निगमद्वारा जारी विज्ञप्तिमा ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९/१०/२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेल/मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ’— भनि उल्लेख छ ।

No description available.