फाइल तस्वीर
विराटनगर – प्रदेश नम्बर एकको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक आजसोमबार दिउँसो १ बजे बस्ने तय भएको हो ।
गत पुस ३० गतेदेखि स्थगितभएको प्रदेशसभाको बैठक आज बस्नलागेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताउनु भएको छ ।

यसैगरी, भोलि २४ गते मङ्गलबार बस्ने प्रदेशसभा बैठकलाई प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । प्रदेशसभाको निर्वाचनपछि प्रदेश प्रमुखले प्रदेशसभा बैठकमा सम्बोधन गर्ने संवैधानिक व्यवस्था अनुरुप सो सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिव पराजुलीले जानकारी दिनुभएको छ ।