साङ्केतिक तस्वीर

काठमाडौं — काठमाडौंको न्युरोडबाट ७८ लाख ५० हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश र निर्देशन विपरीत ईजाजतपत्र नलिई वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौंको व्यस्त शहर न्युरोडबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

काठमाडौंको न्युरोड र बिजुली बजार एरियाबाट हुण्डी गर्न सङ्कलित ७८ लाख ५० हजार र चार लाखको चेकसहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।