काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा आज सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज सुन प्रतितोला २ हजार रुपैयाँले घटेको हो ।

महासङ्घकाअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदी तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।