फाइल तस्वीर
बेइजिङ — संयुक्त राज्य अमेरिकाले ताइवानका विषयमा हस्तक्षेप नगर्न र ताइवान जलडमरूमा क्षेत्रमा तनाव निम्त्याउने कुनै प्रकारका गतिविधि नगर्न विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार उल्लेख गरेका छन् ।

अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुख विलियम बर्न्सको हालैको प्रतिक्रियाका चिषयमा सोध्दा प्रवक्ता माओ निङले उक्त टिप्पणी गरेकी हुन् । जसले ताइवानप्रति चिनियाँ नेताको महत्वाकाङ्क्षालाई कम आङ्कलन गर्न नहुने बताए तापनि रुसको कार्यसम्पादनबाट उनी सङ्कुचित छन्।

‘ताइवान चीनको एक अविभाज्य भाग हो । ताइवानको विषय पूर्णतया चीनको आन्तरिक मामिला हो,’ प्रवक्ता माओले भनिन् ।प्रवक्ता माओले ताइवानको विषय र र युक्रेन मुद्दा भिन्न प्रकृतिका छन् र तुलना गर्नै नमिल्ने प्रतिक्रिया दिएकी छन् ।

उनले ताइवान प्रश्नको समाधान चिनियाँहरूको विषय भएको र त्यसको निर्णय चिनियाँहरूले नै गर्नुपर्ने बताउँदै अमेरिकाले यस विषयमा अनावश्यक चासो लिन उपयुक्त नहुने धारणा राखेकी हुन् । रासस÷सिन्ह्वा