काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । तीन पटकसम्म स्थगित गरिएको माओवादी स्थायी समिति बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने भन्नेबारेको लफडासहित स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय विभाग बाँडफाँडको एजेन्डाका विष्यमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले बिहिबान नै सरकार छाडने चेतवानीकाबीच बैठक बोलाइए पनि अन्ततः पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण स्थगित हुन पुगेको थियो । त्यसपछि पटक–पटक स्थगित हुँदै आएको माओवादी केन्द्रको स्थायी समिति बैठक आज शनिवार अर्थात आज १ बजेका लागि बोलाइएको हो ।