नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण, तस्वीर


जनकपुरधाम — मधेस प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज शुक्रबार मन्त्रिमण्डल विस्तार गर्नुभएको हो ।


मुख्यमन्त्री यादवले आज छ जना मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्री महेशप्रसाद यादवले शिक्षा, विज्ञान तथा बाणिज्य मन्त्रालय, सुनिताकुमारी साहले सामाजिक विकास मन्त्रालय तथा सत्रुधनप्रसाद सिंहले गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

यसैगरी संहासन कलावारले खानेपानी तथा उर्जा विकास मन्त्रालय, राजकुमार लेखीले कानून न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद खा आलम महिला तथा बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

राज्यमन्त्रीमा नियुक्त हुनुभएका शेख अब्दुल कलाम आजाद सामाजिक विकास, केशव राय गृह तथा सञ्चार र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि मन्त्रालय पाउनु भएको छ । मधेश प्रदेश सरकारमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सहभागी भएको छैन ।