नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव । तस्वीर : न्यूज एजेन्सी


जनकपुरधाम — नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैं प्रतिवद्ध रहेको बताउनु भएको छ । नेपाल–भारत मैत्री युवा सङ्घ केन्द्रीय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै राजदूत श्रीवास्तवले सो कुरा बताउनु भएको हो ।

राजदुत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाइदा हुने भएकाले भारत सरकार नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न पूर्ण रुपमा लागि परेको समेत स्पष्ट पार्नु भयो ।

नेपाल–भारत मैत्री युवा सङ्घद्वारा आयोजित कार्यक्रममा बोल्दै राजदुत श्रीवास्तवले ‘नेपाल र भारतबीच दुई देशको सम्बन्ध त छँदैछ । त्यो भन्दा पनि बढि जनस्तरको सम्बन्ध छ । भारतको इच्छा नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने हो । मित्रताको साथमा विकास पनि भारतको जोड दिएको छ । किनकी नेपालको विकास भयो भने त्यसले भारतलाई पनि फाइदा हुने हो । यस कार्यमा भारतको सरकार पूर्ण रुपमा चाहना हो’ — भन्नुभयो ।

राजदुत श्रीवास्तवल जनकपुर–जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भारत सरकार लागि परेको बताउनुभयो । राजदूत श्रीवास्तवले नेपाल–भारतबीचको सम्बन्ध जनस्तरमानै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझै सृदृढ बनाउँदै लैजानु पर्नेमा जोड दिनुभयो । राजदूत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरुमा थप सहयोग अभिवृद्धि गर्ने दिशामा आफूले सक्दो पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।