फाइल तस्वीर
स्लामावाद — उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा फौजले गरेको कारबाहीमा दुई जना आतङ्ककारी मारिएका छन् । देशको खैबर पख्तुनख्वा प्रान्तमा गरिएको कारवाहीमा ती आतङ्ककारी मारिएका हुन् ।

खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा फौज र आतङ्ककारीबीच भएको दोहोरो झडपमा ती आतङ्ककारी मारिनुका साथै उनीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको पाकिस्तानी सेनाले जनाएको छ ।

आतङ्कवादविरुद्ध शून्य सहनशीलता अपनाएको पाकिस्तानी सेनाले अतिवादीहरूलाई परास्त गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्ने सङ्कल्पमा दृढ रहेको शुक्रबार एक विज्ञप्ति निकालेर बताएको छ । सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन (आइएसपीआर) ले विज्ञप्तिमार्फत् हिंसाको सहारा लिने कुनै पनि समूह र निकायविरुद्ध निरन्तर लड्ने दृढता व्यक्त गरिएको छ ।