काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेर तोलामा १ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।

यस्तै, तेजावी सुनको मूल्य आज तोलाको १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, आज शुक्रबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।