बङ्गलादेश — साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । आज शुक्रबारदेखि सुरु हुन लागेको च्याम्पियनसिपमा नेपालले घरेलु टोली बगङ्लादेशको सामना गर्दै च्याम्पिनयसिपको सुरुवात गर्दैछ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेल आज साँझ पौने ७ बजे सुरु हुनेछ । नेपाली टोली प्रिती राईको कप्तानीमा मैदान उत्रनेछ। सिनियर टोलीका अनुभवी खेलाडीको साथमा रहेको नेपाली टोली उच्च मनोबलमा मैदान उत्रनेछ ।

च्याम्पिनयसिपको पहिलो खेलमा भारत र भुटान भिड्नेछन् । च्याम्पिनयसिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, भारत र भुटान सहभागी छन् ।

राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको शीर्ष २ मा रहने टोली उपाधिका लागि भिड्नेछन् ।