फाइल तस्वीर

काठमाडौं — साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर हालसम्मकै उच्च रेकर्ड राखेको हो ।

आज छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १ हजार २ सय रुपैयाँले नै बढेर १ लाख ७ हजार रुपैयाँमा करोबार भइरहेको महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि अघिल्लो दिनको मूल्यमा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।