साङ्केतिक तस्वीर


काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक क्यानडाका नागरिक पक्राउ परेका छन् । विमानस्थलमा चेकजाँचको क्रममा दुबईबाट सुन लिएर आएका क्यानडाका नागरिकलाई नियन्त्रणमा लिइएको भन्सार विभाग कार्यालयले जनाएको हो ।

पक्राउ पर्नेमा मोहम्मद कमल माहगोब रहेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले गए राति १२ बजे उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको विमानस्थल स्रोतले जनाएको छ ।

पक्राउ परेका क्यानडियन नागरिक मोहम्मद फ्लाई दुबईको एफ–२५७३ विमान मार्फत काठमाडौं ओर्लिएका हुन् । ३५ वर्षीय माहगोव पहिलोपटक नेपाल आएको विमानस्थलले बताएको छ ।