काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट सङ्कलन गरिएको २ हजार ३ सय ५१ नमूना परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५ सय ७४ जना र एन्टिजेन विधिबाट १ हजार ७ सय ७८ जनाको परीक्षण गर्दा तीन जनाको नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

सोही अवधिमा तीन जना सङ्क्रमित निको भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या १८ जना पुगेको मन्त्रालयले जनाएको छ ।