गण्डकी — नेपाल क्रिकेट सङ्घ (क्यान)को पोखरामा भएको बोर्ड बैठकले १३ निर्णयहरु गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा पोखरामा बसेको सङ्घको बोर्ड बैठकबाट सन्दीप लामिछानेको निलम्बन फुकुवादेखि खेलाडीको वर्गीकरणसम्मको निर्णय भएको हो ।

त्यस्तै नेपाली यू–१९ टोलीको कप्तानीको जिम्मेवारी गुल्सन झालाई दिने पनि बोर्ड बैठकले निर्णय गरेको छ । क्यानले भारतीय कम्पिनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतालाई निरन्तरता दिन नसक्ने पनि निर्णय गरेको छ । यसको अन्तिम निर्णयका लागि साधारणसभामा लैजाने निर्णय गरेको छ ।

सङ्घको बोर्ड बैठकले वार्षिक साधारणसभा फागुन १४ र १५ गते सुर्खेतमा आयोजना गर्ने, १८ जना पुरुष र १२ महिला खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय पनि गरेको छ ।

can1
can 2