काठमाडौं — लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच एकआपसमा गाभिनेसम्बन्धमा मर्जरको अन्तिम सम्झौता भएको छ । यी दुई इन्स्योरेन्स कम्पनीबीच आज मङ्गलवार होटल ¥याडिसनमा मर्जरको सम्झौता भएको हो ।

सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार मर्जरपछि कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स राखिनेछ । कम्पनीले अब मर्जरसम्बन्धी विशेष प्रस्ताव आ–आफ्नो आगामी हुने साधारणसभाबाट पारित गर्नेछन् । यसरी दुवै कम्पनीका बीच भएको प्रारम्भिक सहमति एवं डीडीए रिपोर्टसमेतका आधारमा सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) १००ः८० कायम हुनेछ ।

साथै, दुवै कम्पनीको आर्थिक वर्ष २०७८÷०७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस शेयर वितरणपश्चात् स्वाप रेसियो गणना गरी मर्जरपश्चात् कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।