फाइल तस्वीर
काठमाडौं — एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रिम्समा खुलेको छ । बैंकले राजधानीको व्यस्त शहर ठमेलको पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रिम्स नजिक आफ्नो नयाँ एटिएम खोलेको घोषणा गरेको हो ।

एनएमबि बैंकको सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्याउने विश्वास लिएको छ ।
बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।