प्रतिकात्मक तस्वीर

कैलाली — कैलालीका एक युवकले बञ्चरो प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन् । गएराती लम्किचुहा नगरपालिका–६ स्थित बागमारा मुक्त कमैया शिविरमा ४१ वर्षीय छोरा श्रीराम चौधरीले आमा ७२ वर्षीया लगनी देवी थरुनीलाई घरमै बञ्चरो प्रहार गरी हत्या गरेका हुन ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी देवी थरुनीको उपचारको क्रममा नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्किले जनाएको छ ।

आमाको हत्या गरेका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।