फाइल तस्वीर
काठमाडौं — साताको तेस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो ।

हिजो सोमबार प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घले सार्वजनिक गरेको मूल्य अनुसार तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँ छ । हिजो तेजावी सुन प्रतितोला एक लाख पाँच हजार आठ सयमा कारोवार भएको थियो ।