काठमाडौं — नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक आज बस्दैछ । क्यानका ७ कार्यसमिति सदस्यले राजीनामा मागेको दुई दिनपछि क्यानको बोर्ड बैठक आज पोखरामा बस्न लागेको हो ।

बैठकमा १७ वटा एजेण्डामा छलफल हुने बताइएको छ । बोर्ड बैठकको मुख्य एजेण्डा नेपाल टी–ट्वान्टी लिग प्रतियोगिता सम्बन्धि र सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषयमा रहेको छ ।

यस्तै, बैठकमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गठन गरेको कार्यदलको रिपोर्ट र राखेपको निर्देशनबारे छलफल हुनेछ । त्यस्तै, बैठकमा राष्ट्रिय महिला तथा पुरुष खेलाडीको करार सम्बन्धमा समेत छलफल हुनेछ । सङ्घको विधान संसोधन, सङ्घको साधारणसभा र कार्यसम्पादन समिति विस्तार सम्बन्ध लगायतका विषयमा पनि छलफल हुनेछ ।