एजेन्सी — पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा सोमबार विस्फोट भएको छ । नमाजको समयमा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई जनाएका छन् ।

पेशावरको लेडी रिडिङ अस्पतालका प्रवक्ता डा.आजमका अनुसार पुलिस लाइनस्थित मस्जिदमा सोमबार दिउँसोको नमाजका समयमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । उनले मृतकहरूमध्ये केही प्रहरी पनि रहेको जनाएका छन् ।

घटनापछि पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जरदारीले घटनाको कडा शब्दमा निन्दा गरेका छन् । पूर्वप्रधानमन्त्री इमरान खानले पनि घटनाको निन्दा गरेका छन् ।