फाइल तस्वीर
तेहरान— इरान र साउदी अरेबियाले आफ्नो द्वि–पक्षीयसम्बन्ध सुधारका लागि छिट्टै नै वार्ता गर्ने भएका छन् । उक्त कुराको जानकारी इरानी विदेशमन्त्री हुसेन अमिर–अब्दोल्लाहीनले दिनुभएको हो ।

इरानका विदेशमन्त्री हुसेनले दुई देशबीचमा आगामी केही समयमा नै वार्ताको तयारी भएको जानकारी दिनुभएको इरानी समाचार समिति इर्नाले सोमबार जनाएको छ । इरानी विदेशमन्त्री हुसेनले इरानको राजधानी तेहरानमा आईतबार आफ्ना कतारका समकक्षीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा सो कुराको जानकारी दिनुभएको इर्ना समाचार समितिको समाचारमा जनाइएको छ ।

दुई देशका बीचमा केही असहज हुन पुगेको सम्बन्धलाई सहज बनाउने गरी सो वार्ता हुन लागेको उहाँले जानकारी दिनुभएको बताइएको छ । हाल इरानको भ्रमणमा रहनुभएका कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल्लारहमान अल थानी र इरानका विदेशमन्त्रीका बीचमा आइतबार तेहरानमा द्वि–पक्षीय वार्ता भएको थियो ।

सो वार्तापछि आइतबार नै राजधानी तेहरानमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सो पत्रकार सम्मेलनमा इरानका विदेशमन्त्री अब्दोल्लाहिनले इरानले आफ्ना छिमेकी देशहरु संयुक्त अरब इमिरेट्स र कुवेतसँगको सम्बन्धमा सुधार ल्याएको र ती देशमा इरानले राजदूत पनि पठाइसकेको भन्दै अब साउदी अरबसँग पनि आपसी वार्ता हुने र सम्बन्धमा सहजीकरण आउने जानकारी दिनुभएको थियो

सन् २०१६ मा इरानमा रहेको साउदी अरेबियाको कूटनीतिक नियोगमा आक्रमण भएपछि साउदी अरेबियाले इरानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेको थियो ।अमेरिकामा गैरनाफामूलक समाजसेवी संस्थाका रुपमा दर्ता भएको यो फाउन्डेशनमा अधिकारीसहित नेपालीभाषी भुटानी युवा व्यवसायी सहभागी छन् । नेपाली भाषा, संस्कृति, चाडपर्व र रीतिरिवाजको अधिकार खोज्दा भुटानबाट लखेटिएर आफ्नौ पितृभूमि नेपालमा शरणार्थी जीवन बिताउनुपरेकाले संसारको जुनसुकै कुनामा जुनसुकैरुपमा पुगे पनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई पुस्तौँसम्म अघि बढाउन सो संस्था लागिपरेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

कार्यक्रममा सेन्ट्रल ओहायो नेप्लिज एसोसिएसनका प्रमुख संरक्षक तथा ओहायोस्थित चिकित्सक डा दामोदर पौडेलले प्रवासमा नेपाली कला संस्कृतिको उत्थान र संसारभरका प्रतिभालाई एउटै थलोमा प्रतिस्पर्धाको मौका दिने फाउण्डेसनको कामको सराहना गर्नुभयो ।

सो फाउण्डेसनका प्रवक्ता केशव आचार्यका अनुसार, अमेरिका र क्यानडाबाहेक विश्वका अन्य मुलुकका लागि रजिष्ट्रेसनको अन्तिम मिति यही जनवरीको ३१ सम्म राखिएको छ भने युरोपको अडिसन बेल्जियममा फेब्रुअरी ११ र १२ मा हुनेछ । उहाँले सबै प्रतियोगी नेपाली मूलका हुनु अनिवार्य रहेको र प्रतियोगी नेपालीभाषी हुनुपर्ने पनि जानकारी दिनुभयो ।

फाउण्डेसनले दुवै प्रतियोगिताका लागि प्रतियोगीको उमेर १८ वर्ष पुगेको हुनुपर्ने, अडिसनको समयमा अडिसनस्थलमा नै प्रतियोगीको उमेर खुलेको आधिकारिक परिचयपत्र देखाउनु पर्ने, दुवै प्रतियोगिताका प्रत्येक इपिसोड नेपाली संस्कृति र राष्ट्रिय भावनाको प्रस्तुतिबाट सुरुआत गरिने र प्रत्येक इपिसोडमा नेपाली कला र सांस्कृतिक क्षेत्रका बरिष्ठ व्यक्तित्व एवं कलाकारको सम्मान गरिने पनि जानकारी दिनुभयो ।

अडिसनबाट छनोटमा परी अमेरिका, क्यानडा, युरोप, थाइल्याण्ड, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्सको दुबई र भारतबाट प्रस्तुतिका लागि नेपाल जान पाउने सबै प्रतियोगीको यात्रा खर्च फाउण्डेशनले नै भुक्तानी दिने र टप ४० भित्र पर्ने प्रतियोगीका लागि खाना र होटल खर्चको व्यवस्था गरिने र नेपाल र भारतबाहेकका अरु देशबाट प्रतियोगिताका लागि नेपाल जाने प्रतिस्पर्धीका लागि आवासको व्यवस्था पनि गरिने आयोजकले जनाएका छन् ।