धनुषा — धनुषाबाट ६ जना थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष फोडेर गए राति उनीहरु भागेका हुन् । गए राति करिब १ बजेदेखि ३ बजेको बीचमा उनीहरु कोठाको पर्खाल फोडेर फरार भएको धनुषाका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा थिए । धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले भने, ‘सुतिरहेको ठाउँबाट उनीहरु भागिरहेको अर्को थुनुवाले थाहा पाएछन् । उसैले हल्ला गरेपछि प्रहरीले थाहा पायो ।’

जिल्ला र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले फरार रहेका थुनुवाहरुको खोजी गरिरहेको बताएको छ ।