काठमाडौं — साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दोहोरो अङ्कले घटेको छ । आज नेप्से १४ दशमलव ६८ अङ्कले घटेर २१६८ दशमलब ५३ विन्दुमा पुगेर बन्द भएको हो ।

त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये ४८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । चार वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज तीन अर्ब एक करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । दुई कम्पनीको शेयरमूल्य दश प्रतिशतले बढेको छ भने ५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज समृद्धि फाइनान्स कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमई जनरल इन्स्यारेन्सको भएको छ । यसको आज ९ करोड ९९ लाखभन्दा बढीको कारोबार भएको छ ।