फाइल तस्वीर
संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार घृणायुक्त भाषण, अतिवाद र गलत सूचनालाई रोक्नको लागि “गार्डरेल“ स्थापना गर्न आग्रह गर्नुभएको छ ।

“अनलाइन संसार मुख्य कारणहरू मध्ये एक हो जसमा घृणायुक्त भाषण, चरम विचारधाराहरू र गलत सूचनाहरू विश्वभर द्रुत रूपमा फैलिएको छ,“ संयुक्त राष्ट्रसङ्घका प्रमुखले भन्नु भएको छ । उहाँले यस किसिमको गलत सूचना र विचारको फैलावटलाई रोक्न सबैसँग आह्वान गर्नु भएको छ ।

न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका प्रमुखले सो धारणा राख्नु भएको हो । संयुक्त राष्ट्रसङ्घ प्रमुखले बताउँनुभयो– मानिसहरू यस्तो संसारमा बाँचिरहेका छन् । जहाँ आर्थिक सङ्कटले असन्तुष्टि पैदा गरिरहेको छ । जनवादी डेमोगोगहरूले सङ्कटलाई भोट जित्न प्रयोग गरिरहेका छन् । गलत सूचना षड्यन्त्र– सिद्धान्तहरू स घृणायुक्त भाषणहरू त्यसका निम्ति व्याप्त बनेको छ– महासविवको टिप्पणी छ ।

महासचिवले सामाजिक मिडिया प्लेटफर्महरू र तिनीहरूका विज्ञापनदाताहरू अतिवादलाई मूलधारमा लैजानमा संलग्न रहेको र इन्टरनेटका धेरै भागहरूलाई “घृणा र झुट विवरणका लागि विषाक्त फोहोर डम्प“ मा परिणत गरिएको उहाँको तर्क छ । (रासस–सिन्ह्वा)