काठमाडौं — आर्सनललाई १–० ले पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । इतिहाद स्टेडियममा गए राती भएको खेलमा आर्सनललाई १– ० गोल अन्तरमा हराउँदै सिटीले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

प्रिमियर लिग उपाधि दौडमा अघि रहेको आर्सनल र उसलाई पछ्याइरहेको सिटीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफको ६४ औं मिनेटमा नाथम आकेले गोल गर्दै सिटीलाई अग्रता दिलाए । उक्त अग्रता जोगाउँदै सिटीले कठिन जित निकालेको हो । यस सिजन उत्कृष्ट लयमा रहेको आर्सनल भने सिटीसँग हारपछि चौथो चरणबाटै बाहिरिएको छ ।

प्रिमियर लिग तालिकामा भने आर्सनल सिटीभन्दा पाँच अंकले अघि रहँदै शीर्ष स्थानमा छ । आर्सनलको १९ खेलबाट ५० अङ्क छ भने सिटीले २० खेलबाट ४५ अङ्क जोडेको छ । लिगमा अब यी दुई टोली फेब्रुअरी १५ मा भिड्नेछन् ।