प्रतिकात्मक तस्वीर

सिरहा — सिरहामा १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरिएको छ । बलात्कारमा संलग्न आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ भने अर्का युवक फरार रहेका छन्। सिरहा नगरपालिका – २२ की किशोरीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय सन्तोष यादव पक्राउ परेका हुन् ।

बलात्कारमा संलग्न सोही ठाउँका २३ वर्षीय सरोज कुमार यादव भने फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार केही दिनअघि उनीहरुले किशोरीको घरमै गएर जबरजस्ती करणी गरेका थिए ।

करणीपछि फरार सन्तोषलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले पक्राउ गरेको र फरार सरोजको खोजी भइरहेको प्रहरीले जनाएको छ । किशोरीका अभिभावकले दुवै युवकविरुद्ध किटानी जाहेरी दिएका छन् ।