माडागास्कर — माडागास्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आँधी आएको छ । माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अन्य १९ जना बेपत्ता भइरहेको सञ्चार माध्यमले जनाएका छन् ।

सो आँधीमा परेर बिहीबार सम्ममा १६ जनाको ज्यान गएको छ भने अरु १९ जना हराएका छन् । यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रकाअनुसार अहिले पनि आँधीको त्रास हुनसक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन भनिएको छ ।

सो केन्द्रले जनाए अनुसार यहाँका ५५ हजार जना भन्दा बढी नागरिक आँधीबाट प्रभावित भएका छन् । उनीहरुमध्ये २५ हजार जनाभन्दा बढीलाई घरबाट अन्यत्रै सारिएको छ भने अन्य केहीलाई सतर्क रहन भनिएको छ । यहाँका सूचना अधिकारीहरुका अनुसार प्रकोपमा परेर १३ हजार घरमा बाढी पसेको छ भने अरु पाँच सय घर बाढीले बगाएको छ । एजेन्सी