काठमाडौं — साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुनको मूल्य हिजोको तुलनामा प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो ।

हिजो प्रतितोला १ लाख ६ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार १ सय रुपैयाँले घटेर तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।