पत्रकार सम्मेलनमा बोल्दै क्यान अध्यक्ष चतुरबहादुर चन्द
काठमाडौं – बलात्कारको आरोप खेपेर धरौटीमा रिहा भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित क्याप्टेन सन्दीप लामिछानेलाई खेलमा फर्काउने प्रयास भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लामिछानेलाई खेलमा फकाउने खुलासा गर्नुभएको हो ।

‘क्रिकेटर सन्दिप लामिछानेलाई खेलमा फर्काउन कानुन अनुसार अघि बढिने स्पष्ट पारेको छ’, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भन्नुभयो –‘आईसीसीले भनेअनुसार अघि बढिने छ ।’

क्यानका अध्यक्ष चन्दले ‘आईसीसीले क्यानलाई सन्दीपको विषयमा कानुन अनुसार अघि बढ्नु भनेको जानकारी’ गराउँदै ‘सन्दीप लामिछाने नेपालको लागि चाहिने खेलाडी भन्ने कुरामा कुनै दुई मत छैन । आइसीसीले क्यानलाई कानुनअनुसार अघि बढ्नु भनेको छ । हामी त्यो विषयमा सोचिरहेका छौँ’– पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।

उच्च अदालत पाटनले केही समयअघि लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गरेको थियो । त्यससता उनको क्रिकेटमा पुनरागमनबारे अन्योलता रहेका बेला क्यानका अध्यक्ष चन्दले आज पत्रकार सम्मेलन गरी यस्तो भनाइ सार्वजनिक गर्नुभएको हो ।