फाइल तस्वीर
जेनिन, प्यालेस्टाइन – पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार इजरायली आक्रमणबाट एक वृद्ध महिलासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ । सेनाले अस्पतालभित्र अश्रु ग्यास प्रयोग गरेको आरोप प्यालेस्टिनी अधिकारीहरूले लगाएका छन् ।
मृत्यु हुनेहरुको सङ्ख्या बढेर एउटी वृद्ध महिलासहित चार शहीद भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस आक्रमणमा परी अन्य धेरै घाइते भएका जनाइएको छ ।
सेनाले जेनिन सरकारी अस्पतालमा आक्रमण गरेको र जानाजानी अस्पतालको बाल रोग विभागमा अश्रु ग्यास प्रहार गरेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्री माई अल–काइलाले बताउनु भएको छ ।