फाइल तस्वीर
काठमाडौं — नेपाली सुनचाँदी बजारमा सुनको मूल्य अनपेक्षित रुपमा वृद्धि भएको छ । नेपाली सुनचाँदीको बजारमा आज कायम भएको सुन मूल्य अहिलेसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज साताको पाँचौं दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख छ हजार नौ सय पुगेको छ । अघिल्लो दिन अर्थात् हिजो बुधबार प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँमा कारोवार भएको सुनको मूल्यमा आज प्रतितोलामा सात सय रुपैयाले वृद्धि भएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजावी सुनको मूल्यमा पनि वृद्धि भएको छ । हिजो प्रतितोला एक लाख पाँच हजार सात सय रुपैंयाँमा कारोबार भएको तोजावी सुन आज प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँ मूल्य तोकिएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको मछ । हिजो कारोवार भएको मूल्यको तुलनामा आज बिहीबार १५ रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोवार मूल्य तोक्ने गरेको बताएको छ ।