सिन्धुली — बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाउने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) सिन्धुलीले आज बिहान आयोजना गरेको कार्यक्रममा उहाँले विकास निर्माणका कामलाई सही तवरले अगाडि बढाउन सरकार अग्रसर रहेको स्पष्ट पार्नुभयो ।
मन्त्री श्रेष्ठले प्रदेशका सबै जिल्लाका विकास निर्माणदेखि जनताका समस्या हल गर्दै प्रशासनिक कामहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “चुनावका बेला जेजस्ता प्रतिबद्धताहरू गरियो सबै अक्षरस पूरा गर्न नसकेपनि धेरैभन्दा धेरै प्रतिबद्धता पूरा गर्नेछु ।”