बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता सुरू भएको छ । दशरथचन्द नगरपालिकाको वार्षिकी कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।

शहीद दिवसको पूर्वसन्ध्यामा नगरपालिकाले महिला टि–२० क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भनिएता पनि मङ्गलबारदेखि परेको वर्षाले दुईदिन अवरुद्ध भएको (चारवटा) खेलहरु आजदेखि खेलाउन थालिएको प्रतियोगिता संयोजकले बताएका छन् । आजको खेल दशरथचन्द नगरपालिका (दनपा)–२ देहिमाडौं र दनपा–५ दशरथ चन्द तथा दनपा–१० बाराकोट र दनपा–११ नागार्जुन भिड्दै छन् ।

नगरपालिकाका सात वटा टोलीको सहभागिता रहेको यस प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।