कर्णाली — कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । आज सरकारलाई पूर्णता दिँदै उहाँले मन्त्रीहरुको जिम्मेवारी तोक्नुभएको हो ।

मुख्यमन्त्री शर्माले ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । जसमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ जना र एमालेबाट ३ जना मन्त्री गरी ७ जना मन्त्री बन्नुभएको छ ।
एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बन्नुभएको छ ।

त्यस्तैगरी माओवादीबाट मङ्गलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री बने । कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री बन्दा भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बन्नुभएको हो ।