धनगढी – सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले)बाट राजीनामा दिनुभएको छ । उहाँले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्मको लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग भएको बताउनुभएको हो ।


विज्ञप्तिमा उपसभामुख पदमा आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीबाट राजीनामा दिएको उल्लेख छ । उपसभामुख चौधरी माघ ४ गते उपसभामुख पदको शपथ ग्रहण गर्नुभएको थियो । सत्ता साझेदार दल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।