अत्तरिया — सुदूरपश्चिम प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट अझै विश्वासको मत लिनुभएको छैन । यसका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको बताइएको छ ।