साङ्केतिक तस्वीर
बाजुरा – सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको मेला आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आज मङ्गलबार दिउँसो पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको हो ।

दिउँसो २:४३ बजे गएको भूकम्पको झट्काका कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो ।

सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २:४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ ।