फाइल तस्वीर

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च कप फुटबलमा पाएस डी कासेलाई फराकिलो अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा छैटौँ श्रेणीको पाएस डी कासेललाई ७–० गोलको अन्तरले हराउँदै पिएसजी अन्तिम १६ मा प्रवेश गरेको हो ।

पिएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गर्दा नेइमार र कार्लोस सोलेरले थप १–१ गोल गरेका थिए । खेलको २९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा नेइमारले अग्रता दोब्बर पारे । त्यसको १ मिनेटपछि एम्बाप्पेले अग्रता तेब्बर पारे । ४० औं मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पुरा गर्दा पिएसजी ४–० ले अघि रह्यो ।

एम्बाप्पेले दोस्रो हाफमा थप २ गोल ग¥यो । ५६ र ७९ औँ मिनेटमा थप दुई गोल गर्दै उनले ५ गोल पूरा गरेका थिए । एम्बाप्पे एकै खेलमा ५ गोल गर्ने पिएसजीको पहिलो खेलाडी समेत बने । थप अर्को गोल कार्लोस सोलेरले ६४ औँ मिनेटमा गरेका थिए ।