फाइल तस्वीर
काठमाडौं — उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । निर्यात व्यवसायी महासङ्घका प्रतिनिधिहरुसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।


निर्यात प्रवद्र्धनका लागि नेपालमै अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गर्न सरकार सकारात्मक रहेको बताउँदै अर्थमन्त्री पौडेलले निर्यात व्यवसायी महासङ्घका प्रतिनिधिहरुसँग यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि छलफल गरी आवश्यक निर्णय लिने बताउनुभयोे ।

निर्यात व्यवसायी महासङ्घका अध्यक्ष रामबहादुर गुरुङ नेतृत्वको टोलीले अर्थमन्त्री पौडेलसँग निर्यात प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय मेला आयोजना गर्न माग गरेको थियो । महासङ्घले नेपाली मौलिक उत्पादनको पहुँच विश्वबजारसम्म पु¥याउन, निर्यातजन्य नेपाली वस्तु तथा सेवाको मूल्य तथा बजार बढाउन र निकासी सहजताका लागि आवश्यक पहल गर्न माग गरेको थियो ।

अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय मेला आयोजना हुन सके नेपालमा उत्पादित वस्तुलाई विश्व बजारमा चिनाउन मद्दत पुग्ने बताउनुभयो । मेलामार्फत् नेपाली कला, संस्कृति, खाद्य परिकार प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको भनाइ थियो । नेपालमै अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गर्न करिब १९ करोड आठ लाख रुपैयाँ खर्च लाग्नसक्ने महासङ्घको भनाइ छ ।