क्यालिफोर्निया— अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले १० जनाको हत्या गरेका छन् । क्यालिफोर्नियाको लस एन्जलस सहरको एक डान्स क्लबमा ती व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

मृत्यु हुनेमा पाँच जना महिला र पाँच जना पुरुष रहेका छन् । घटनामा अन्य १० जना व्यक्ति घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ ।

उक्त क्लबमा गोली चलाएका ती व्यक्तिले नजिकैको अर्को क्लबलाई पनि निसाना बनाएका थिए । तर त्यहाँबाट सेतो भ्यानमा भाग्दै गर्दा उनलाई सशस्त्रको टोलीले घेरा हालेको थियो । घटना गराउने व्यक्ति ७२ वर्षीय हुउ क्यान ट्रान हुन् । गोली हानिएको क्षेत्र एशियालीहरुको बाक्लो बस्ती भएको क्षेत्र हो । सिएनएनका अनुसार ६१ जनसंख्याको ६५.६ प्रतिशत एशियाली रहेको सीएनएनले उल्लेख गरेको छ ।एजेन्सी