फाइल तस्वीर
काठमाडौं — सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोवार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँमा कारोवार भएको सुनको मूल्य आज आइतबार एक लाख पाँच हजार रुपैयाँमा कारोवारको भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको मूल्यसूची अनुसार विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार सात सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोवार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।