फाइल तस्वीर
टोकियो – जापान सरकारले चिनियाँ नागरिकका लागि प्रवेशाज्ञा दिने भएको छ । चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको हो ।

चीनमा पछिल्लो समयमा बढ्दै गएको कोभिड–१९ को सङ्क्रमणका कारण जापान सरकारले चिनियाँ नागरिकलाई प्रवेशाज्ञामा प्रतिबन्ध लगाएको थियो । कोभिड–१९ का कारण जापानले चीनको राजधानी बेइजिङबाट प्रवेशाज्ञा बन्द गरेको सूचना जारी गरेको थियो ।

जापान सरकारले चिनियाँ नागरिकहरुलाई प्रवेशाज्ञा दिने कुराको जानकारीे समाचारमा जनाइएको छ । यसअघि जापान सरकारले बेइजिङबाट दिने प्रवेशाज्ञा बन्द गरेको थियो । आइतबारदेखि सो सेवा पुनः सञ्चालनमा ल्याइएको जनाएको छ । राजधानी बेइजिङस्थित जापानी राजदूतावासको वेभसाइटमा यससम्बन्धी सूचना राखिएको समाचारमा जनाइएको छ ।

कोभिडका कारण अस्थायी रुपमा लगाइएको प्रतिबन्ध अब भने सञ्चालनमा ल्याइएको सो सूचनामा उल्लेख गरिएको समाचारमा जनाइएको छ । चीनमा पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण निकै बढेको थियो । यहाँ दैनिक एक करोडभन्दा पनि बढी मानिसमा सङ्क्रमण भएको तथ्याङ्क सार्वजनिक भएको थियो ।

यसकारण चीनको राजधानी बेइजिङमा रहेका जापानलगायतका केही देशका दूतावासहरुले आफ्ना देशमा जानका लागि प्रवेशाज्ञा सेवा नै बन्द गरेका थिए ।