बेइजिङ– तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको निङ्ची सहरमा हिमपहिरोमा परी कम्तीमा २८जनाको मृत्यु भएको छ । मङ्गलबार गएको हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनसिप जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो । राजमार्गमा यात्रारत यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए । सरकारले शव निकाल्न र बेपत्ता भएकाहरूको निरीक्षण गर्न एउटा टोली पठाएको थियो ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार मेनलिंग काउन्टीको पाइ गाउँ र मेडोग काउन्टीको डोक्सोङ ला सुरुङबाट निस्कने सडकको एक खण्डमा हिमपहिरो गएको थियो। हिमपहिरोपछि मानिस र सवारी साधन अलपत्र परेका थिए ।

खोज तथा उद्धार कार्य शुक्रबार साँझ सम्पन्न भएको थियो। उक्त क्षेत्रका सडक कच्ची रहेकाले उद्धारमा कठिनाइ भएको बताइएको थियो ।